२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षले भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्यहरुको वैठकले सो निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।
पन्तका अनुसार ६० जना जति केन्द्रीय सदस्यको वैठकमा सहभागिता थियो । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको उनले जानकारी दिए ।
‘आजको वैठकमा हाम्रा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ,’ उनले भने, ‘हामी नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको छ ।’
माधव नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी हुने हो ? भन्ने पत्रकारको जिज्ञासामा पन्तले भने, ‘व्यक्ति को जानु हुन्छ को जानुहुन्न भनेर सोधिएन । कसैको काम परेर नजान पनि सक्नुहुन्छ ।’ तर समग्रमा बैठकमा सहभागी हुने निर्णय भएको उनको भनाई छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij