Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव पक्षीय केन्द्रीय कमिटी बैठकमा तीन दर्जन केन्द्रीय सदस्य मात्र उपस्थित, कता बेपत्ता भए अरू ?

माधव पक्षीय केन्द्रीय कमिटी बैठकमा तीन दर्जन केन्द्रीय सदस्य मात्र उपस्थित, कता बेपत्ता भए अरू ?


  • 7.1K
    Shares

    माधव पक्षीय केन्द्रीय कमिटी बैठकमा तीन दर्जन केन्द्रीय सदस्य मात्र उपस्थित, कता बेपत्ता भए अरू ?

    काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ३८  जना  केन्द्रीय सदस्य सहभागी भएका छन् ।  नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षको भनाइ छ । 

    बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ । 

    आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लगाउने छ ।  खनाल–नेपाल समूहमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बालुवाटारको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिन्छन् भने केहि नेताहरु जान नहुने पक्षमा छन् ।

    सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता  झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । 

    ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १३:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij