Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आफ्ना सांसद बालुवाटार पठाएर माधव नेपाल र झलनाथ खनाल के गर्दैछन् ?

आफ्ना सांसद बालुवाटार पठाएर माधव नेपाल र झलनाथ खनाल के गर्दैछन् ?


  • 10.8K
    Shares

    आफ्ना सांसद बालुवाटार पठाएर माधव नेपाल र झलनाथ खनाल के गर्दैछन् ?

    काठमाडौं । समानान्तर गतिविधि संचालन गर्दै आएको नेकपा एमालेको माधव नेपाल समूह संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।

    प्रधानमन्त्री ओलीले आज दिउँसो तीन बजे संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल समूहका सांसद पनि सहभागी हुने भएका हुन्।

    ‘संसदीय दलका नेताले बोलाएको बैठकमा हामी सहभागी हुन्छौं,’ माधव नेपाल समूहकी सांसद पवित्रा खरेलले भनिन्, ‘सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि हामी एमाले भएका छौं। एमाले भएपछि दलको नेताले बोलाएको बैठकमा सहभागी हुने विषयलाई अनौठो रुपमा लिनु हुँदैन।’

    यसअघि नेपाल समूहका सांसदले दलको बैठक बहिष्कार गर्दै आएका थिए। बिहीबार नै संसदीय दलको बैठकमा सहभागी हुन सबै सांसदलाई मोबाइलमा म्यासेज पठाइएको प्रमुख सचेतव विशाल भट्टराईले जानकारी दिए।

    नेपाल समूहले आजै काठमाडौं उपलब्ध केन्द्रीय सदस्यको भेला गर्दैछ। भेला सकिएपछि दिउँसो दिन बजे दलको बैठकमा सहभागी हुने सल्लाह भएको नेपाल समूहका सांसद राजबहादुर बुढाले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - ११:५९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij