Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

टी–२० विश्वकप : आज दुई खेल हुँदै 

टी–२० विश्वकप : आज दुई खेल हुँदै 


  • 2.5K
    Shares

    टी–२० विश्वकप : आज दुई खेल हुँदै 

    काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदैछ । आज समूह ‘सी’ अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुँदैछ । 

    ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुँदैछ । 

    जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समूह ‘सी’ मा दोस्रो स्थानमा रहेको छ ।  

    अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।

    समूह ‘सी’ मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्यान्ड्सले २ खेलमा लागातर हार बेहोरेको छ ।

    त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुँदैछ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि हुँदैछ । 

    समूह ‘ए’ अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । 

    अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्नेछ । त्यस्तै आयरल्यान्ड्सले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०९:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij