Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

‘क्यान’ भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’ भित्रको अनियमितता छानबिन गर्न माग


  • 2.5K
    Shares

    ‘क्यान’ भित्रको अनियमितता छानबिन गर्न माग

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ । 

    बैठकको आकस्मिक समयमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा भइरहेको आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतामा क्यानले सन्दिप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेको, राम्रो खेलाडीलाई हटाएर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गरे  । 

    सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भिआइपी पास’ पनि अवैध रुपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरे ।

    सांसद गणेश पराजुलीले विद्युत् प्रशारणका कारण कर्णालीवासीले सास्ती खेप्नु परेकाले उद्योग, व्यवसाय सञ्चालन गर्न अवरोध सिर्जना भएको तथा गर्मीमा पङ्खासमेत नचल्ने अवस्थाका कारण दैनिकी कष्टकर भएको बताए । उनले कर्णालीवासीलाई अन्धकारबाट मुक्त गर्न यथाशीघ्र पर्याप्त विद्युत् प्रशारण गर्न सरकारको ध्यानाकर्षण गराए । 

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - १३:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij