२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दैछ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यस अघि गत विहिबार खेलेको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि न्युट्रल भेन्यूको रुपमा साउदी अरबमा खेलेको हो ।
एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।
समूह एचमा रहेको नेपालले यस विश्वकप छनोटमा लगातार पाँचौं हार बेहोरेको छ । नेपाल यस अघि यमनसँग गत नोभेम्बर २१ मा भएको खेलमा २(० ले पराजित भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij