Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

टी-२० विश्वकप क्रिकेट : आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै

टी-२० विश्वकप क्रिकेट : आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै


  • 3.3K
    Shares

    टी-२० विश्वकप क्रिकेट : आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै

    आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ । समूह ‘डी’ अन्तर्गत हुने आजको खेलमा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

    अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ ।

    हालसम्म २ खेल खेलेको दक्षिण अफ्रिका दुबै खेलमा जितसहित समूहको शिर्ष स्थानमा रहेको छ भने १ खेल खेलेको बङ्गलादेशले पनि जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    आजको खेलमा बङ्गलादेशका मुस्ताफिजुर रहमान, रिसद होसेन, तान्जिद हसन र तोहिक हृदयमाथि सबैको नजर रहने छ भने दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक, एडन मार्करम, जेराल्ड कोएत्जी र ओटनिल बार्टमनमाथि पनि सबैको नजर रहने छ ।

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - १२:५४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij