२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। नेपाल-खनाल समूहका नेता राजेन्द्र राईका अनुसार शुक्रबार बिहान ११ बजे मेघा पार्टी प्यालेस सामाखुशीमा बस्ने गरी बैठक डाकिएको हो।
बैठकका एजेण्डा के हुन् भन्ने सम्बन्धमा राईले खुलाउन नचाहेपनि आयोमेललाई प्राप्त जानकारीअनुसार भोलिको बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरुप काम गर्न र विधानभित्र रहेर पार्टी बैठकहरु सञ्चालन गर्न सामूहिक दबाब दिने तयारी छ।
पछिल्लो समय सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले ब्यूँतिएपनि ओलीले एकलौटी ढंगले बैठकहरु डाकेको र विधानविपरीतका निर्णयहरु गरिहेको यो पक्षको आरोप छ।
त्यसैले उनीहरुले ओलीलाई विधानविपरीतका कार्य रोक्न अनुरोध गर्ने, नभए त्यसको सामूहिक प्रतिवाद गर्ने जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij