Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

अपडेट – हमास नियन्त्रित गाजाको नुसिरात शिविरमा आक्रमण : २१० जनाको मृत्यु

अपडेट – हमास नियन्त्रित गाजाको नुसिरात शिविरमा आक्रमण : २१० जनाको मृत्यु


  • 3.9K
    Shares

    अपडेट – हमास नियन्त्रित गाजाको नुसिरात शिविरमा आक्रमण : २१० जनाको मृत्यु
    images

    मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् । 

    मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताएका छन् । यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

    प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए । 

    यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी कम्तीमा २१० जनाको मृत्यु भएको जनाएको छ । 

    इजरायली सेना, पुलिस र गुप्तचर निकाय शिन बेटले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाम्रो सेनाले यस क्षेत्रमा आतङ्कवादी संरचनामा आक्रमण गरिरहेको र चार इजरायली बन्धकहरूलाई मुक्त गरेको छ ।’

    शिन बेट लडाकू र विशेष प्रहरी इकाईले नुसिरातको मुटुमा रहेको दुई छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ ।

    बन्धकहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई इजरायलको तेल हसोमर अस्पतालमा चिकित्सा परीक्षणका लागि सारिएको छ । 

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - १०:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij