Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद 

टी–२० विश्वकपमा तीन खेल हुँदै, दोस्रो खेलअन्तर्गत भारत र पाकिस्तानबीच प्रतिस्पर्धा 

टी–२० विश्वकपमा तीन खेल हुँदै, दोस्रो खेलअन्तर्गत भारत र पाकिस्तानबीच प्रतिस्पर्धा 


  • 4.4K
    Shares

    टी–२० विश्वकपमा तीन खेल हुँदै, दोस्रो खेलअन्तर्गत भारत र पाकिस्तानबीच प्रतिस्पर्धा 

    काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समूह ‘सी’ अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच खेल हुँदैछ । 

    गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ । 

    वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी–२० खेल हुन लागेको हो ।  जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ । 

    त्यस्तै युगाण्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार बेहोरेको छ । युगाण्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो ।

    त्यस्तै आज दोस्रो खेल समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीच हुँदैछ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 

    यस खेललाई यस विश्वकपकै सबैभन्दा ठूलो खेल भनिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद सुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब सुरुवात गरेको छ । 

    भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । 

    त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।

    त्यसैगरी आज तेस्रो खेल समूह ‘बी’ अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुँदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०ः४५ बजेदेखि सुरु हुनेछ । 

    जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो ।

    इङल्याण्डसँगको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी–२० भएका छन् । जसमा चारै खेल स्कटल्याण्डले जितेको छ ।

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - ०९:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij