Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

विश्वकप छनोट : नेपाल र यूएई भिड्दै

विश्वकप छनोट : नेपाल र यूएई भिड्दै


  • 2.7K
    Shares

    विश्वकप छनोट : नेपाल र यूएई भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदै छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल सुरु हुनेछ ।

    नेपाल र यूएईबीच यसअघि यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यूएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । फिफा वरीयतामा यूएई ६७औँ स्थानमा छ । नेपाल १७८औँ स्थानमा छ ।

    नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ (कप्तान)सहित विशाल सुनार र अभिषेक बराल छन् । यस्तै, डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् ।

    यसैगरी, मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशीक बाबु चौधरी छन् । 

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - १०:००:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij