२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । आज समूह ‘ए’ अन्तर्गत भारत र आयरल्यान्ड्सबीच खेल हुँदैछ ।
न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।
यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी(२० खेलमा आयरल्यान्ड्सले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।
समूह ‘ए’ मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij