Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

टी–२० विश्वकपमा आज नेपाल र नेदरल्यान्डसबीच प्रतिस्पर्धा

टी–२० विश्वकपमा आज नेपाल र नेदरल्यान्डसबीच प्रतिस्पर्धा


  • 3.1K
    Shares

    टी–२० विश्वकपमा आज नेपाल र नेदरल्यान्डसबीच प्रतिस्पर्धा

    काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समूह डी मा रहेको नेपालले आज नेदरल्यान्डसको सामना गर्दैछ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९स् १५ बजेदेखि सुरु हुनेछ ।

    आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्यान्डस १५औं स्थानमा रहेको छ ।

    नेपाल र नेदरल्यान्डसबीच अहिलेसम्म १२ टी–२० खेल भएका छन् । जसमा नेदरल्यान्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।         

    नेपालको विश्वकप यात्रा 

    त्यस्तै नेपालले भने १० बर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । 

    नेपाली टिम 

    विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । 

    टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

    विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्यान्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - ०९:३७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij