२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ ९एनडिसियु० ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेङ्गु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ ।
एनडिसियुले मे २६ र जुन १ को बीचमा गरेको सर्वेक्षणमा लामखुट्टे प्रजनन स्थानहरूमा वृद्धि भएको फेला परेको विज्ञप्तिमा जनाएको छ ।
एजेन्सीले जनवरीदेखि अप्रिलसम्म डेङ्गु घटनाहरू तुलनात्मकरूपमा कम रहे पनि विगतका वर्षहरूको अनुभवअनुसार दक्षिणपश्चिम मनसुन सुरु भएसँगै मेदेखि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij