Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीको मनसाय पार्ने अलपत्र, चार भाईले ओलीलाई उल्टै काउन्टर दिंदै पठाउने भए यस्तो खुलापत्र 

ओलीको मनसाय पार्ने अलपत्र, चार भाईले ओलीलाई उल्टै काउन्टर दिंदै पठाउने भए यस्तो खुलापत्र 


  • 7.8K
    Shares

    ओलीको मनसाय पार्ने अलपत्र, चार भाईले ओलीलाई उल्टै काउन्टर दिंदै पठाउने भए यस्तो खुलापत्र 

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा दिने भएको छ । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए ।

    ‘हामी सार्वजनिकरूपमा जवाफ दिनेछौं,’ उनले भने, ‘जवाफसँगै प्रधानमन्त्रीसँग प्रश्न पनि सोध्नेछौं ।’

    स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज अनौपचारिक छलफल गर्ने भएका छन् । दिउँसो चार बजेको छलफल पछि जवाफी पत्र तयार गरिने छ ।

    एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदैछ ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १४:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij