Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

टी–२० विश्वकप 

नेपालले दोस्रो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै, मौसमले खेल प्रभावित हुनसक्ने सम्भावना 

नेपालले दोस्रो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै, मौसमले खेल प्रभावित हुनसक्ने सम्भावना 


  • 2.6K
    Shares

    नेपालले दोस्रो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै, मौसमले खेल प्रभावित हुनसक्ने सम्भावना 

    काठमाडौं । नेपालले टी–२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्म–अप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । 

    यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।

    नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म–अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।

    विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । 

    टी–२० विश्वकपमा नेपाल समूह–डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । 

    विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।  

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - ०९:५९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij