Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

माधव नेपाल पक्षका सांसदको टाउकोमा टुटुल्का उठ्ने गरि डण्डा बर्साउन ओलीले दिए आदेश 

माधव नेपाल पक्षका सांसदको टाउकोमा टुटुल्का उठ्ने गरि डण्डा बर्साउन ओलीले दिए आदेश 


  • 7.7K
    Shares

    माधव नेपाल पक्षका सांसदको टाउकोमा टुटुल्का उठ्ने गरि डण्डा बर्साउन ओलीले दिए आदेश 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संघीय संसदीय दलको नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् ।

    राईले आज संसदीय दलको बैठक डाक्दा माधव नेपाल पक्षधरका २ सांसद सहभागी भए । बैठकमा उनीहरूले अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गर्ने जानकारी गराएका छन् । माओवादी सांसद टंक आङबुहाङ भने सहभागी थिए । एमालेका ५१ सांसदमध्ये ३१ जना राईको पक्षमा उभिएका छन् ।

    भीम आचार्यको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएकोमा सो प्रस्ताव फिर्ता नलिए कारवाही अघि बढाइने भएको छ । ओलीले मुख्यमन्त्री राईलाई हालै काठमाडौंमा बोलाएर हस्ताक्षर फिर्ता लिन मौका दिने र फिर्ता नलिएमा अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

    यसबीचमा एमालेले प्रदेश सांसदहरुको समेत कारबाही र समानुपातिकबाट हटाउने थप्ने अधिकार अध्यक्ष ओलीलाई दिइसकेको छ ।

    वागमतीका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध पनि तत्कालीन प्रचण्ड-माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेर दर्ता गरिएको सो प्रस्ताव फिर्ता नलिए एमालेका सांसदहरुमाथि कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij