२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ ।
बुधबार सम्पन्न इलिमिनेटरको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी)लाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।
बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
यो जितपछि अब राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ । यो खेल शुक्रबार हुनेछ ।
त्यस्तै यो हारसहित रोयल च्यालेन्जर्सको आइपिएल यात्रा भने समाप्त भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij