Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नक्कली एमाले भन्दै माधव नेपालले खन्नु सम्म ओलीको खोइरो खने, सोधे-हिम्मत छ निकाल्ने ?

नक्कली एमाले भन्दै माधव नेपालले खन्नु सम्म ओलीको खोइरो खने, सोधे-हिम्मत छ निकाल्ने ?


  • 7.6K
    Shares

    नक्कली एमाले भन्दै माधव नेपालले खन्नु सम्म ओलीको खोइरो खने, सोधे-हिम्मत छ निकाल्ने ?

    काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोली विभाजनको पक्षमा रहेको बताएका छन् ।

    मंगलबार आफू निकट विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओली विभाजनको पक्षमा भए पनि कम्युनिष्ट एकतालाई पूरा गर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीले सोधेको स्पष्टिकरणबाट नतर्सिने र सामना गर्न तयार रहेको बताएका छन् ।

    ‘कम्युनिष्ट आन्दोलनलाई पूरा गरिन्छ । केपी ओली विभाजनको पक्षमा छन् । हामी कार्यकर्तालाई उत्साही बनाउनु अपराध होइन’, उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन । कथित स्पष्टीकरणबाट तर्सिने बोला छैनौं, सामना गर्न तयार छौं । हिम्मत छ निकाल्ने ? निकाल्नूस् । हामी लत्रिएका छैनौं ।’

    नेता नेपालले व्यक्तिवादी, गुटवादी प्रवृति, आफूलाई सर्वश्रेष्ठ प्रवृति भए हटाउन पनि विद्यार्थीहरुलाई आग्रह गरेका छन् । नेता नेपालले प्रधानमन्त्री ओलीले पार्टीलाई विघटनको दिशामा लगेको आरोप लगाएका छन् । असली एमाले आफूहरु भएको बताउँदै उनले ओलीले प्रचार गरेको बताए ।

    ‘९औंं महाधिवेशनमा विचार हाम्रो पास भएको थियो,’ उनले भने, ‘ नेता बन्न पुगे ओली । उनले आज पार्टीलाई विघटनको दिशामा लाँदैछन् । छिन्नभिन्न बनाएका छन् । ओलीको भ्रमबाट धेरैलाई मुक्त गर्नुपर्छ । कार्यकर्ता र जनतालाई मुक्त गर्नुपर्छ । एमाले हामी हौं । केपी ओलीको होइन । अ‍ोली विमाले–सिमाले हुन् । यो पार्टी छोडेर गए हुन्छ । ओलीले प्रचार गरे पनि । जबजको हकदार हामी हौं । ओलीले प्रचार गरे पनि । जबज र ओलीको कहिले भेट भएको थियो । जबजको मान्यतामा अघि बढेका छन् ?’

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १५:०१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij