Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली संग आत्मसमर्पण गर्दैनौं भनेर माधव नेपालले भनिनसक्दै रावलले उल्टै सोधे ओली संगै प्रस्टीकरण 

ओली संग आत्मसमर्पण गर्दैनौं भनेर माधव नेपालले भनिनसक्दै रावलले उल्टै सोधे ओली संगै प्रस्टीकरण 


  • 7.1K
    Shares

    ओली संग आत्मसमर्पण गर्दैनौं भनेर माधव नेपालले भनिनसक्दै रावलले उल्टै सोधे ओली संगै प्रस्टीकरण 

    काठमाडौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरुसँग मागिएको स्पष्टीकरणबाट नतर्सिने बताएका छन् ।

    मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणको सामाना गर्न तयार रहेको बताए । मंगलबार मात्र एक नेताले केपी ओलीसँग मिल्नुस्, कारबाही नै गरेपनि सहनुस् भनेको भन्दै उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो रु यो किमार्थ मन्जुर छैन ।’

    उनले अघि भने, ‘कथित स्पष्टीकरणबाट तर्सिने बोला छैनौं, सामना गर्न तयार छौं ।’

    चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार एमाले महासचिव ईश्वर पोखरेलले चारैजना नेतालाई स्पष्टीकरण माग गर्दै पत्र पठाएका छन् ।

    अब ७७ जिल्लामा जाने र संगठन बनाउने उनले बताए । तर आफूले पार्टी नफुटाउने भन्दै नेता नेपालले भने, ‘पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’

     नेता भीम रावलले आफूहरुले नभइ पार्टी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रष्टीकरण दिनुपर्ने बताएका छन् । पार्टीले आफूहरुलाई स्पष्टीकरण सोधेकोप्रति असन्तुष्टि जनाउँदै नेता रावलले जनता र कार्यकर्ता पंक्तिबाट उठेका अनेक प्रश्नको जवाफ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताएका हुन् ।

    मंगलबार आफूपक्षीय अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै रावलले फागुन २८ गते एमाले केन्द्रीय कमिटीले गरेको निर्णय अवैध भन्दै त्यसलाई नमान्ने बताए ।

    ‘हामी केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौं,’ उनले भने, ‘नेपाली जनताले तपाईं (ओली)लाई सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो रु पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो रु’

    रावलले आफूहरुलाई थाहा नै नदिइ बैठक राखेर मनोनयन गरेको भन्दै त्यहीबाट पार्टी फुटाउने काम शुरु भएको दावी गरे। ‘खुुलेआम आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौं, तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन।’

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij