Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद 

राखेपको मिसन– २०२६ का लागि ५ खेल थपियो

राखेपको मिसन– २०२६ का लागि ५ खेल थपियो


  • 2.5K
    Shares

    राखेपको मिसन– २०२६ का लागि ५ खेल थपियो

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो ।

    पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।

    दोश्रो चरणमा थपिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका खेलाडी तयारी प्रशिक्षणमा छन् । 

    उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको  थियो । डा.ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्षबारे जानकारी गराएका थिए । 

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - ०९:४६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij