Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

उपप्रधानमन्त्री लामिछानेको स्पष्टिकरण– न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ

उपप्रधानमन्त्री लामिछानेको स्पष्टिकरण– न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ


  • 1.8K
    Shares

    उपप्रधानमन्त्री लामिछानेको स्पष्टिकरण– न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ
    images

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा  महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन् । 

    उपप्रधानमन्त्री लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उहाँले सो स्पष्टिकरण दिएका हुन् । 

    आइतबार प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धी कुनै मुद्दा, माफिमा नभएको जानकारी गराएको दाबी गरे । 

    उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धी विषय यति धेरै चर्केर जाने अवस्था नआउने दाबी समेत गरे । उपप्रधानमन्त्री लामिछानेले आफू संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि नरहेको जिकिर पनि गरे । 

    उपप्रधानमन्त्री लामिछानेले आफूले सहकारी गठी गरिएको भनि आएको समाचारमा कुनै सत्यता नरहेको पनि पटकपटक दोहोर्याए । 

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - ०७:४४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij