२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । विपक्षी दलका सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेका छन् । आज (आइतबार) दिउँसो बसेको उक्त बैठकले सो निर्णय गरेको हो ।
विपक्षी दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राष्ट्रिय जनमोर्चा (राजमो)का सांसदहरूले संसदमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेका छन् ।
सत्तापक्षले गृहमन्त्रीलाई संसदमा बोल्न रोक लगाएको भाष्य चिर्न रविलाई बोल्न दिने निर्णय गरेको कांग्रेसका सचेतक रमेश लेखकले जाकारी दिए ।
त्यस्तै विपक्षी दलहरूले गृहमन्त्रीले संसदमा सहकारी ठगीबारे चित्त बुझ्दो जवाफ नदिने प्रतिवादमा उत्रिने समेत बताएका छन् ।
कांग्रेसलगायत विपक्षी दलहरूले गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको भन्दै उनी उपर छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग राखेका थिए ।
विपक्षीको मागलाई सम्बोधन गर्न हिजो (शनिबार) अपरान्ह उक्त समिति गठन गरिएको छ । यद्यपि यसको क्षेत्राधिकारबारे सहमतिका लागि हालसम्म छलफल जारी छ ।
उक्त छलफलका कारण आज बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक बस्न सकेन । त्यसपछि दिउँसो २ बजेका लागि बोलाइएको बैठक पनि अहिलेसम्म बस्न सकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij