Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले देखाए राजपाले दिने, बालुवाटारमा को-को बसेर लेनदेनको हर-हिसाब गरे ?

ओलीले देखाए राजपाले दिने, बालुवाटारमा को-को बसेर लेनदेनको हर-हिसाब गरे ?


  • 6.7K
    Shares

    ओलीले देखाए राजपाले दिने, बालुवाटारमा को-को बसेर लेनदेनको हर-हिसाब गरे ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तासहकार्यका लागि काम गरेर देखाउन भनेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ओलीलाई भेटेका जसपा नेताहरूले यस्तो जवाफ दिएका हुन्।

    सत्तासहकार्य र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले जसपा नेताहरूलाई बोलाएका थिए।

    ‘पुरानै कुरा भएको छ, हामीले समर्थनको जवाफ अहिले दिन्नौं भनेका छौं,’ भेटमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले  भने,‘काम हेरेरमात्रै समर्थन दिनसकिने प्रधानमन्त्रीलाई स्पष्ट पारेका छौं।’

    जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाउँदै आइरहेको छ। जसपाले उठाइरहेको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक देखिएपनि दुवै पक्षबीच अझै सहमति जुट्न सकिरहेको छैन।

    माग सम्बोधनका लागि सरकारी कार्यदलसहित प्रधानमन्त्री ओली सकारात्मक देखिएपनि काम अगाडि नबढेकोले सहमति जुट्न नसकेको कर्णले बताए। ‘उहाँहरू सबै माग सम्बोधन गर्छु भनिरहनु भएको छ। तर, कुनै काम अगाडि बढेको छैन,’ उनले भने, ‘जबसम्म काम देखिँदैन सरकारलाई समर्थन वा सहकार्य गर्ने कुरा नै आउँदैन।’

    सहमति नजिक पुगेपनि काम अगाडि नबढेसम्म विश्वासको वातावरण बन्न नसक्ने उनको भनाइ छ। ‘सहमति नजिक हामी पुगेकै हो, तर, काम अगाडि बढ्नु पर्‍यो नि,’ कर्णले भने,  ‘काम नभएसम्म हामीले कसरी मान्नेरु उहाँहरूले आफ्नो एजेन्डा राख्नु भएको छ। हामीले आफ्नो एजेन्डा दोहोर्‍याएका छौं।’

    भेटमा प्रधानमन्त्री ओलीसहित एमाले नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संविधानसभा अध्यक्ष सुवाष नेम्वाङ सहभागी थिए। यसैगरी जसपातर्फबाट कर्णसहित अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्ल सहभागि थिए।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १३:३१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij