Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

गृहमन्त्री रविलाई किटान गरेर छानबिन गर्न नहुने रास्वपाको अडानले जुटेन कार्यदलमा सहमति

गृहमन्त्री रविलाई किटान गरेर छानबिन गर्न नहुने रास्वपाको अडानले जुटेन कार्यदलमा सहमति


  • 5.1K
    Shares

    गृहमन्त्री रविलाई किटान गरेर छानबिन गर्न नहुने रास्वपाको अडानले जुटेन कार्यदलमा सहमति
    images

    काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

    सिंहदरबारमा भएको बैठकपश्चात् एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने जानकारी दिएका छन् । कार्यदलको बैठक आजै फेरी बस्ने उनले जानकारी दिए ।

    उनले विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केहि समयपश्चात् फेरी बैठक बस्ने बताए ।

    उनले भने, ‘मोटामोटी छलफल भएको छ । एकाध विषयमा कांग्रेसको असहमति छन् । कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ । सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा आज बेलुकासम्म सहमति हुनसक्छ ।’

    गृहमन्त्री रवि लामिछानेलाई नै किटान गरेर संसदीय छानबिन समिति गठन गर्न नहुने राष्ट्रिय स्वतन्त्र पार्टीले अडान राखेपछि कार्यदलमा सहमति जुट्न सकेको छैन । 

    प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रवि सहकारी ठगीमा संलग्न भएको भन्दै उनी उपर छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग राखेको थियो । 

    कांग्रेसको मागप्रति सरकार लचक हुँदै हिजो (शनिबार) संसदीय समिति गठन भएको छ । 

    प्रकाशित मिति :जेठ ६ २०८१ आइतवार - १३:३७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij