२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । जनता समाजवादी पार्टी सत्ताको निर्णायक मानिएपछि उक्त पार्टीमा कलहको बिउ झाङ्गिएको छ ।
पार्टीमा प्रष्ट दुई धार भइरहेका बेला पूर्व राजपा पक्षले सम्भावित सत्ता समीकरणबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेको हो ।
छलफलका लागि महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल बालुवाटार पुगेको नेता केशव झाले जानकारी दिए । बैठकमा यस अघि बनेको कार्यदलले गरेको कामबारेमा बिफ्रिङ भएको झाले जानकारी दिए ।
जसपामा डा। बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईसहितका नेताहरु प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।
तर, पूर्व राजपा पक्षका जसपाका नेताहरु आफूहरुको मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री ओली सकारात्मक रहेको भन्दै निरन्तर संवादमा रहेका छन् । महन्थ र राजेन्द्र ओली संगै सत्ता सहयात्री हुन मरिहत्ते गरेर लागि परेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij