२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद् बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।
प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद् बैठक बिना अवरोध बस्ने देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij