२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् बन्धन बनाउन नहुने बताएका छन् । उनले जनप्रतिनिधिहरुले जनताको अभिमत राख्ने थलो बन्धक बनाउन नहुने बताएका हुन् ।
नेपाल पत्रकार महांसघको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नभएको बताए । ‘अहिले संसद बन्धक बनिरहेको छ, जनताका प्रतिनिधिहरुले जनताको अभिमत राखेर निर्णय गर्ने ठाउँ आज अवरुद्ध छ । संसद यसरी रोकिएर बस्न सक्दैन र हुँदैन पनि । यसले निर्णय लिनैपर्छ । निर्णय लिन सबैको साथ सहयोग पनि चाहिन्छ,’ सभामुखले भने ।
उनले थपे, ‘संसदका गतिविधि अगाडि बढ्न सकेन भने हामीले गर्नैपर्ने थुप्रै कामहरु त्यसमा पनि निकट आइरहेको बजेट पारित गर्ने कुरा, अहिले सरकारकै बहुमत छ कि छैन भन्ने कुराको प्रश्न उठिरहेको बेलामा ७ गते बहुमत देखाउँछु भनेको छ । यस्तो बेलामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसदलाई अन्त्य गरेर अध्यादेशको बाटोबाट कतिपय परिस्थिति खोल्नुपर्ने अवस्था आउँछ । अहिलेकै अवस्थामा हामीले त्यो बाटोमा गयौँ भने हामीले प्रजातन्त्रलाई कसरी उपयोग गर्ने ?’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij