Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

टी–२० क्रिकेट : ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम दुई रनले पराजित

टी–२० क्रिकेट : ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम दुई रनले पराजित


  • 3.2K
    Shares

    टी–२० क्रिकेट : ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम दुई रनले पराजित

    काठमाडौं । एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध  २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई संस्करणको उपाधि एपीएफले नै जितेको थियो ।

    १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन बनायो । कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन् ।

    कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन् । लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२,  सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइ । रितु कनौजिया शून्य रनमा आउट भइन् ।

    एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन ।

    यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा १५५ रन बनाएको थियो ।

    एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।

    ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।

    सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।

    प्रकाशित मिति :जेठ ५ २०८१ शनिवार - १२:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij