Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

टी–२० क्रिकेट ललितपुर मेयरर्स कप : एपीएफले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

टी–२० क्रिकेट ललितपुर मेयरर्स कप : एपीएफले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य


  • 3.1K
    Shares

    टी–२० क्रिकेट ललितपुर मेयरर्स कप : एपीएफले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

    काठमाडौं । ललितपुर मेयर्स वुमन्स टी-२० च्याम्पियनसिपको फाइनलमा सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेट गुमाएर १५५ रन बनाएको हो ।

    एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।

    ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।

    सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।

    एपीएफ अपराजित हुँदै फाइनल आएको हो भने सुदूरपश्चि एपीएफसँग पराजित भएको थियो ।

    एपीएफले यसअघि लगातार दुई संस्करणको उपाधि जितिसकेको छ ।

    प्रकाशित मिति :जेठ ५ २०८१ शनिवार - ११:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij