२०८२ भाद्र २ गते सोमवार
अचम्म लाग्दो तरिकाले मौन बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएका कारण तत्काल सरकारमा नजाने बताएका छन् । तर जिम्मेवारी आए नभाग्ने बताए ।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनका विषयमा मौन बस्ने बताएका हुन् ।
‘कांग्रेस सरकारमा कहिले जान्छरु’ भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’ उनले कांग्रेसको नेतृत्वमा सरकार पनि गठन नहुने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वसको प्रस्ताव पनि नल्याउने बताए । पछिल्ला दिनमा कांग्रेस पर्ख र हेरको अबस्थामा छ ।
ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि भने कांग्रेस सभापति देउवा रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’ त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्’ भन्दै उठेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij