Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

संसद् बैठक

सत्ता र प्रतिपक्षीबीचको विवाद झन् गहिरिँदै : संसद् बैठक आइतबार बस्ने गरी स्थगित (सूचनासहित)

सत्ता र प्रतिपक्षीबीचको विवाद झन् गहिरिँदै : संसद् बैठक आइतबार बस्ने गरी स्थगित (सूचनासहित)


  • 3.2K
    Shares

    सत्ता र प्रतिपक्षीबीचको विवाद झन् गहिरिँदै : संसद् बैठक आइतबार बस्ने गरी स्थगित (सूचनासहित)
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज (शुक्रबार) दुईपटक स्थगित भएको उक्त सभाको बैठक आइतबार बस्ने गरी स्थगित गरिएको हो ।

    आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि पुनः २ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

    संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले बिहानैदेखि सत्ता र प्रतिपक्षी दलसँग संवाद अघि बढाएका थिए । 

    तर, नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने उपर छानबिन हुनुपर्ने भन्दै संसदीय छानबिन समिति गठनबाट पछि नहट्ने अडान लिएपछि छलफल निष्कर्षविहीन भएको थियो । 

    त्यसपछि संघीय संसद्को सचिवालयले प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने अज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको सूचनामार्फत जानकारी गराएको छ । 

    हेर्नुहोस् सूचना :

    oeeldjvryp7iadcz-1752024112948-1000x0.jpg

     

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - १४:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij