२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठक स्थगित भएको हो ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।
उक्त सभाका अध्यक्ष नारायण दाहालले बैठक सुरु गरेको ५ मिनेटमै बैठक स्थगित गरिएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै उनी उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेस सांसदले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।
अर्को बैठक यहीँ जेठ ६ गते १ः१५ बजे बस्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij