Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

वर्षे अधिवेशन

प्रतिपक्षी दलहरूसँगको छलफल निष्कर्षविहीन, संसद् बैठक दिउँसो २ बजे बस्दै (सूचनासहित)

प्रतिपक्षी दलहरूसँगको छलफल निष्कर्षविहीन, संसद् बैठक दिउँसो २ बजे बस्दै (सूचनासहित)


  • 3.5K
    Shares

    प्रतिपक्षी दलहरूसँगको छलफल निष्कर्षविहीन, संसद् बैठक दिउँसो २ बजे बस्दै (सूचनासहित)
    images

    काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ । प्रतिपक्षी दलहरुसँगको छलफल निष्कर्षविहीन भएपछि उक्त बैठक स्थगित भएको हो ।

    पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेपछि आज (शुक्रबार) दिउँसो २ बजेका लागि पुनः बस्ने गरी सूचना जारी गरिएको छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपक्षी दलहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । 

    बिहानैदेखि प्रधानमन्त्री र सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका अन्य दलहरुका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको हो । 

    सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको अडानबाट प्रतिपक्षी दलहरू पछि हटेका छैनन् । 

    उनीहरुले आज विपक्षी दलहरुको बैठक नै आह्वान गरेर उक्त समिति गठनका लागि प्रतिवद्धता जनाएका छन् । 

    643646_us5DqIVmu7.jpg

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - १२:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij