Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद 

नेपालले टी–२० विश्वकप अघि क्यानडा र अमेरिकासँग खेल्दै, को–को खेलाडी छनोटमा परे (नामावलीसहित)

नेपालले टी–२० विश्वकप अघि क्यानडा र अमेरिकासँग खेल्दै, को–को खेलाडी छनोटमा परे (नामावलीसहित)


  • 5.9K
    Shares

    नेपालले टी–२० विश्वकप अघि क्यानडा र अमेरिकासँग खेल्दै, को–को खेलाडी छनोटमा परे (नामावलीसहित)

    काठमाडौं । नेपालले टी–२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ ।

    आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

    नेपालले विश्वकप अघि टेस्ट राष्ट्रसँग अभ्यास खेल खेल्ने अपेक्षा गरेको भएपनि सो पुरा हुन सकेन ।

    विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

    टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । 

    विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - १०:४१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij