Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाको घोषणा- अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्छ

रास्वपाको घोषणा- अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्छ


  • 3.2K
    Shares

    रास्वपाको घोषणा- अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसले धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।

    रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो ।’

    उनले अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्ने अडान सुनाए ।

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - १८:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij