Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा 

दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा 


  • 3.2K
    Shares

    दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा 

    काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । 

    आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् । 

    टी–२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् । 

    त्यसैगरी दक्षिण अफ्रीकाका एडन माक्र्रम पाँचौं, अस्ट्रेलियाका माक्र्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन् । 

    प्रकाशित मिति :जेठ २ २०८१ बुधवार - १५:४२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij