२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । सहकारी ठगीको मुद्दा उठाएर रास्वपा अध्यक्ष रवि लामिछानेको निद हराम गराएको काँग्रेसले अब लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर आफ्नो ‘तीर’ सोझ्याउने भएको छ ।
सहकारी ठगीमा छानविन र कारवाही प्रक्रिया अघिबढेमा देशभरका सैयौं सहकारी ठगी काण्डमा आफ्नो कार्यकर्ता पर्ने भएपछि एमाले सहकारी अनियमितता सम्वन्धी कुनैपनि कारवाही प्रक्रिया अघि बढाउन चाहँदैन । यही स्वार्थ बाझिएका कारण एमालेले रविलामिछानेलाई चट्टानी साथ दिएको हो ।
यही कुरा बुझेपछि संसद्को ठूलो दल नेपाली कांग्रेसले आफ्नो रणनीतिमा सहकारी बचत रकम अनियमिततासँग जोडिएका गृहमन्त्री रवि लामिछानेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि नछाड्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्ड सहकारी अनियमितता प्रकरणको छानबिन गर्ने पक्षमा भएपनि गठवन्धन सरकारका कारण अप्ठेरोमा छन् । यो बुझेको काँग्रस अहिल प्रचण्डसँग नरम देखिएको ।
ग्रेसले अहिले सहकारी अनियमितता प्रकरणको विषयलाई जोडतोडका साथ उठाइरहेको छ । उसले आफ्नो भ्रातृ संगठनमार्फत सहकारी बचत रकम अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै आन्दोनलनसमेत चर्काउने जनाइसकेको छ । सदनमा चर्को स्वरका साथ सहकारी अनियमितता प्रकरणलाई उठाइरहेको कांग्रेसले अब सडकबाट पनि उठाउने निर्णय गरिसकेको छ ।
एमाले सहकारीको कुरालाई सामान्य प्रक्रियाबाट सरकारले छानबिन हुनुपर्ने पक्षमा छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार एमाले मुलुकभरिका सहकारीको रकम हिनामिना गर्ने मान्छेलाई जोगाउन हात धोएर लागेको छ । गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन स्वीकार छैन भन्दै आएको एमाले अन्ततः सहकारीको विषय संसद्मा प्रवेश गराउनै नदिने ठाउँमा पुग्नु यसको प्रमाण भएको उनको तर्क छ ।
आफ्नो पार्टीले संसदीय छानबिन समिति गठन गर्न चर्को दवाव सिर्जना गरेपनि एमाले र रास्वपा भने कुनै पनि हालतमा अनियमितताको छानबिन हुन नदिने पक्षमा उभिएको आरोप कांग्रेसले लगाएको छ । गृहमन्त्री समेत रहेका रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको प्रधानमन्त्री प्रचण्डको प्रयासमा समेत रास्वपा र एमालेले भाँजो हालेपछि काँग्रेसको निशानामा एमाले अध्यक्ष ओली समेत परेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij