Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद 

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा, खेलाडी को–को छानिए ? (नामावलीसहित)

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा, खेलाडी को–को छानिए ? (नामावलीसहित)


  • 2.6K
    Shares

    विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा, खेलाडी को–को छानिए ? (नामावलीसहित)

    काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन् । 

    त्यसैगरी रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन् ।

    मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् । 

    नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रङ्गशालामा हुने तय भएको थियो । तर दशरथ रङ्गशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फुटबल महासङ्घ) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ ।  

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १४:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij