Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

आईपिएलमा आज दिल्ली र लखनउ खेल्दै 

आईपिएलमा आज दिल्ली र लखनउ खेल्दै 


  • 2.2K
    Shares

    आईपिएलमा आज दिल्ली र लखनउ खेल्दै 

    इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच खेल हुँदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुने भएको छ । 

    जारी आइपिएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौँ स्थानमा रहेको छ र यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल समेत हो । यो खेल जितेपनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ ।

    अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको देखिएको छ । त्यसैले पनि लखनउका लागि यो खेलमा जित महत्त्वपूर्ण रहेको छ ।

    दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । 

    आइपिएलको प्रदर्शनले उनी भारतको टी–२० विश्वकप खेल्ने टिममा सामेल गरिएको छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्त्वपूर्ण हुनसक्छ ।

    त्यस्तै जेक फ्रासर म्याकग्रुक, शाइ होप, ट्रिसटियन स्ट्ब्स, डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।        

    त्यस्तै लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

    त्यस्तै निकोलस पुरन, माक्र्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ । 

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १०:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij