Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

कांग्रेससँगको छलफल पश्चात् प्रमले भने– ‘नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध हुँदैन’ 

कांग्रेससँगको छलफल पश्चात् प्रमले भने– ‘नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध हुँदैन’ 


  • 3.3K
    Shares

    कांग्रेससँगको छलफल पश्चात् प्रमले भने– ‘नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध हुँदैन’ 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । उक्त छलफल प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बिहान छलफल भएको हो । 

    प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच आगामी संसद् बैठकको अवरोध हटाउनेबारे छलफल भएको हो । छलफलमा कांग्रेसका शीर्ष नेताहरुले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका थिए । उनीहरुको मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेस पार्टी प्रमुख सचेतक रमेश लेकखले बताए । 

    कांग्रेस नेताहरुबीच बिहान भएको छलफल लगत्तै राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्रीले भने, ‘मैले गम्भिरतापूर्वक नै आज प्रमुख प्रतिपक्षसँग छलफल गरेको छ । निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’

    आगामी जेठ १ गते संघीय संसद्को संयुक्त (राष्ट्रिय र प्रतिनिधिसभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । 

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १२:२१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij