२०८२ पौष १५ गते मंगलवार
काठमाडौं । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएको छ ।
सो पार्टीले पठाएका नाममध्ये रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको पाइएको हो ।
यसअघि उज्यालो पार्टीलाई समानुपातिकमा १८ जना दिने सहमति भएको थियो । तर, यी नाम काटिएपछि उज्यालो नेपालबाट सिफारिस भएका समानुपातिक उम्मेदवारको संख्या १४ मा सीमित भएको छ ।
सोमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच एकताका लागि ७ बुँदे सहमति भएको थियो । यो सँगै उज्यालोले तयार पारेको समानुपातिक बन्दसूची बुझाएन ।
तर केन्द्रीय कमिटीबाट पारित नभई एकता सहमति गरेको र बन्दसूचीमा सहमति गरेको भन्दै अहिले बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट रहेको केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij