Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?


  • 120
    Shares

    जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?
    images

    काठमाडौं । जाडोमा छालामा देखा पर्ने समस्या जाडोयामा खासगरी छाला रुखो हुने, फुट्ने, सुक्खा हुने समस्या हुन्छ । त्यस्तै, छाला चिलाउने, हातगोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चायापोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्छ ।

    के गर्ने त 
    नुहाएको २–३ मिनेटभित्रै मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ । यो नियम सबैभन्दा महत्वपूर्ण छ। नुहाएपछि छालामा अझै अलिकति पानी रहन्छ, त्यसलाई ुलकु गर्न क्रिमरलोशन लगाउनुपर्छ।

    राति सुत्नुअघि
    हात-खुट्टा र कुहिनोरघुँडामा भ्यास्लिन, बोलोलिन वा बडी लोशन लगाउन सकिन्छ । यसले छाला सुख्खा हुन र फुट्न दिंदैन ।

    सन्सक्रिनको प्रयोग
    गर्मीमा जति सन्सक्रिनको प्रयोग हुन्छ, उति नै जाडोमा पनि सन्सक्रिनको प्रयोग गर्नुपर्छ । किनकि जाडो मौसममा घाममा धेरै बसिने हुँदा घामको हानिकारक विकिरणले छालालाई असर पार्न सक्छ ।

    जाडोमा नियमित मालिस छालाका लागि राम्रो मानिन्छ । छालाको नियमित मालिसका लागि नरिवलको तेलको प्रयोग गर्न सकिन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई चम्किलो बनाउँछ ।

    जाडोमा न्यानो हुन आगो ताप्ने, हिटर ताप्ने, एसीमा बस्ने गरिन्छ । यसले हाम्रो छालाको मोइस्चर सोसेर छालालाई सुक्खा बनाउँछ । त्यसैले आगो हिटर एसीबाट अलि टाढा बस्नुपर्छ ।

    जाडोमा हातखुट्टा फुट्ने समस्याले धेरैलाई सताएको पाइन्छ । यस्तो समस्याबाट बच्न दैनिक रुपमा बडी लोसनको प्रयोग गर्नुपर्छ । साथै राति सुत्ने बेला हातखुट्टामा नरिवलको तेल लगाएर मालिस पनि गर्न सकिन्छ ।

    दिनमा ३ लिटर पानी पिउने, आलस, बदाम, अखरोट, काजु, माछा, अण्डा, दालबाट प्रोटिन, पालुङ्गो। गाजर, सागसब्जी बढी खानुपर्छ ।

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १४:१०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij