Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद 

इण्डियन प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुँदै 

इण्डियन प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुँदै 


  • 3.3K
    Shares

    इण्डियन प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुँदै 

    इण्डियन प्रिमियर लिगअन्तर्गत आज दुई खेल इण्डियन प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुँदैछन् । 

    आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दैछन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि सुरु हुनेछ । 

    जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।

    त्यसैगरी राजस्थान रोयल्सको भने ११ खेलमा १६ अंक रहेको छ र दोस्रो स्थानमा छ । त्यस्तै आज दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीच हुने छ । बैंगलोरमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ । 

    दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । हाल बैंगलुरुको १२ खेलमा १० अंक रहेको छ भने दिल्लीको १२ खेलमा १२ अंक रहेको छ ।
     

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ०९:५१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij