Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोना बीमाको दावी भुक्तानी साढे ५अर्ब माथि, कतिले पाए भुक्तानी ?

कोरोना बीमाको दावी भुक्तानी साढे ५अर्ब माथि, कतिले पाए भुक्तानी ?


  • 7.3K
    Shares

    कोरोना बीमाको दावी भुक्तानी साढे ५अर्ब माथि, कतिले पाए भुक्तानी ?
    images

    काठमाडौं । कोरोना बीमामा हालसम्म ५३ हजार भन्दा बढी आवेदकले दावी भुक्तानी पाएका छन् । बीमा समितिले चैत ६ गते शुक्र्बारसम्म सार्वजनिक  गरेका पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । 

    शुक्रबारसम्म ५३ हजार ३ सय २४ जनाले दावी भुक्तानी पाएका छन् । रकमका आधारमा उनीहरुले ५ अर्ब १४ करोड १२ लाख ५० हजार दावी भुक्तानी भएको छ । यस्तै, ५५० ओटा आवेदन भने दावीका लागि अयोग्य देखिएको छ । 

    कोरोना बीमामा हालसम्म ८६ हजार ६ सय  १२ ओटा पुर्ण कागजपत्र सहितको दावी आवेदन आएको छ । यसका अलावा १ हजार ६ सय ३२ आवेदन दावी भुक्तानीको स्वीकृतिको प्रक्रियामा छ ।

    यस्तै, बीमा पुलले पछिल्लो पटक २२ हजार ४ सय ३ ओटा आवेदन प्रमाणिकरणका लागि स्वास्थय मन्त्रालय पठाएका थियो । त्यसमा १३ हजार ३ सय ५३ ओटा आवेदन स्वीकृति भएको छ भने ९ हजार ५० ओटा आवेदन पेन्डिङमा रहेको छ । 

    यस्तै पीसीआर रिपोर्ट मन्त्रालयमा पठाउनका लागि ८ हजार ६ सय ६३ ओवदन तयार गरिएको छ । यस्तै, कागजपत्र पुरा नभएपछि ४ हजार २ सय १० ओटा आवेदन बीमा कम्पनीहरुमा पठाइएको छ । 

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १६:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij