२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij