२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् ।
उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् ।
साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउँदै सम्पूर्ण केन्द्रीय सदस्यलगायत कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij