Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

वामदेव गौतम एमालेमा फर्किन आतुर 

वामदेव गौतम एमालेमा फर्किन आतुर 


  • 2.5K
    Shares

    वामदेव गौतम एमालेमा फर्किन आतुर 
    images

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा तत्कालीन एमाले नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । 

    नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७–८ महिनादेखि कुरिरहेको बताएका हुन् । 

    उनले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।

    आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता वामदेवले ओलीकै आगाडी भने, ‘म एमाले आउने तपाईंको खुट्टा तान्न आउने होइन । म तपाईंलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।’

    सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताए ।

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १५:४२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij