Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच सरकारप्रति फरक मत 

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच सरकारप्रति फरक मत 


  • 8.9K
    Shares

    एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच सरकारप्रति फरक मत 
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकारप्रति फरक मत राख्दै आएका छन् ।

    अध्यक्ष नेपाल सरकारप्रति सन्तुष्ट देखिँदैनन् । उनले पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममै सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । 

    आफूले चाहेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जतिबेला पनि ढाल्न सक्ने चेतावनी दिँदै आएका छन् । प्रचण्डले आफूसँग कुनै सल्लाह नै नगरी नेकपा (एमाले)सहितका अन्य साना दलसँगको सहकार्यमा सरकार गठन गरेको नेपालको आरोप छ । 

    उनी एमालेसहितको सत्ता गठबन्धनप्रति सन्तुष्ट छैनन् । बरू नेपाली कांग्रेससँगको गठबन्धन नै ठीक भएको उनको बुझाइ छ । कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन हुनुपूर्व कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । 

    तर, प्रधानमन्त्रीको कार्यकाल बाँकी छँदै प्रचण्डले पुरानै सत्ता गठबन्धन अर्थात् एमालेसँग सत्ता साझेदारीको हात अघि बढाएपछि नेपाल सन्तुष्ट थिएनन् । किनकि एमाले अध्यक्ष ओली र नेपालबीचको तिक्तता कायमै छ । 

    ओलीसँगको तिक्तता कायमै हुँदा पनि नेपालले सत्ता गठबन्धनलाई हालसम्म साथ दिएकै छन् । यद्यपि एमाले अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रम एवं विभिन्न सामाजिक सञ्जालमा नेपाल लक्षित टिप्पणी गरिरहेका छन् । उनले आलोपालो प्रणाली राजनीतिक संस्कारका लागि उचित नहुने बताउँदै आएका छन् ।

    ओलीको टिप्पणी र अभिव्यक्तिलाई लिएर नेपाल रुष्ट छन् । उनले आफू सत्ता गठबन्धनमै रहँदा सहयात्रीबाटै अपमानित भएको महसुस गरेका छन् । यसर्थ उनी एमाले–माओवादी सत्ता गठबन्धनबाटै अलगिन चहान्छन् । त्यसका लागि उनले प्रमुख प्रतिपक्षी कांग्रेससँगको संवाद अघि बढाएका छन् । 

    तर, अध्यक्ष नेपालको कार्यशैलीप्रति पार्टी सम्मानित नेता झलनाथ खनाल सन्तुष्ट दैखिँदैनन् । उनले सार्वजनिक रूपमा नेपालप्रति कुनै टिप्पणी नगरे पनि नेपालको शैलीप्रति असन्तुष्ट नै छन् । 

    खनाल वामपन्थी सरकारप्रति सन्तुष्ट छन् । उनी निकट भविष्यमा एमाले–माओवादी–एकीकृत समाजवादीको ध्रुवीकरणको पक्षमा देखिन्छन् । उनले सार्वजनिक कार्यक्रममै प्रचण्ड नेतृत्वको सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने अभिव्यक्ति दिएका छन् भने आफ्नो पार्टीले भरपूर साथ दिनेसमेत बताएका छन् । 

    प्रधानमन्त्रीलाई भेटेरै उनले वामपन्थी सत्ता गठबन्धनलाई दायाँबायाँ गर्न नहुने सुझाव समेत दिएका छन् । 

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १३:५४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij