२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । हिजो (आइतबार) अशोक राई नेतृत्वको समूहले पार्टी विभाजन गरेको हो ।
पार्टी विभाजनको सूचना पाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आजै स्वदेश फर्किंदै छन् ।
यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम थियो ।
उनी अमेरिकाबाट कतार आएकै दिन राई नेतृत्वको समूहले जसपा विभाजन गरेर छुट्टै पार्टी दर्ता गर्न आइतबार नै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij